काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नै शान्ति प्रक्रियाको आरम्भकर्ता हो भन्न द्विविधा मान्नु नपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा शान्ति प्रक्रिया टुंग्याउने विधेयकहरूमाथिको छलफलका क्रममा बोल्दै उनले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई सम्झिए । उनले भने, ‘शान्ति प्रक्रियाका धेरै विषयमा मिलेर काम गरेको स्मरण गर्न चाहन्छु । अस्पतालको…