काठमाण्डु – प्रतिनिधि सभाको आजको बैठकले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ फिर्ता गरेको छ । मंगलबारको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्ताव प्रतिनिधि सभाको बहुमतबाट स्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिए । सभामुख घिमिरेले प्रस्तावमाथि विरोधको सूचना भए पेश गर्न आग्रह गरेका थिए…