राजदूत नियुक्ति समावेशी नभएकोमा उपेन्द्र यादवले जनाए असन्तुष्टि

काठमाण्डु-जसपा–नेपालका अध्यक्ष उपेन्द्र यादवले राजदूत नियुक्तिमा समावेशीकरण नभएकोमा असन्तुष्टि जनाएका छन् । सरकारले १८ जना राजदूत सिफारिस गर्दा मधेसी, दलित, थारु, मुस्लिम, सीमान्तकृत र पिछडिएको समुदायको प्रतिनिधित्व नभएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले संवैधानिक परिषदबाट हुने सिफारिस नै समावेशी नहुनुले राज्यको चरित्र माथि नै प्रश्न उठेको उल्लेख गरेका छन् ।…