काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई प्रहरीले पक्राउ गर्ने सूचना पाएको बताएका छन् । शुक्रबार बिहान नयाँ वानेश्वरमा बसेको विपक्षी दलहरूको बैठकमा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले आफूलाई सरकारले फसाउने नियत लिएको बताए । ‘मलाई पक्राउ गर्न सक्छ भन्ने संकेत मैले पनि पाएको छु,’ लामिछानेले बैठकमा भनेका थिए । उनले…