काठमाण्डु - नेकपा (एमाले)का महासचिव तथा दाङ–२ का उम्मेदवार शंकर पोखरेलले आगामी निर्वाचनका लागि दाङको समग्र विकासलाई केन्द्रमा राख्दै आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन्। दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने वाचा पूरा गरेको स्मरण गर्दै पोखरेलले आफू संस्थापक मुख्यमन्त्रीका रूपमा संघीयता कार्यान्वयनको नेतृत्व गर्दै दाङको पूर्वाधार विकासको आधार तयार गर्न भूमिका निर्वाह गरेको दाबी गरेका…