प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

काठमाण्डु – प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको कार्य सुरु भएको छ । सोमबार मतपत्र छपाइ प्रक्रियाको अनुगमन तथा निरीक्षणपछि कार्यबाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पत्रकार सम्मेलन गरी निर्वाचनको निष्पक्षता, पारदर्शिता र समयमै सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध रहेको बताए । सोमबारदेखि प्रत्यक्षतर्फका मतपत्रहरू जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइ हुन थालेको…