काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेका हुन् । सरकारले संसद्को अधिवेशन अन्त्य गरेर सार्वजनिक खरिद प्रक्रियालाई परिमार्जन गर्न अध्यादेश ल्याएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार बिहीबार नै…