काठमाण्डु- नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपाली सेना भित्र गणतन्त्र नआएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा रक्षा मन्त्रालय अन्तर्गतको विनियोजन विधेयकमाथि छलफलमा भाग लिदै नेपाली सेना भित्र लोकतान्त्रिकरण गर्नु पर्ने बताउदै सेनामा गणतन्त्र नआएको जस्तो आफुलाई लागेको टिप्पणी गरेका हुन् । ‘नेपाली सेनाको अझै आधुनिकीकरण,पेशागत हिसाबले सक्षम बनाउनुपर्नेछ। सेनाभित्र लोकतान्त्रिकरण गर्नुपर्नेछ, त्यहाँभित्र…