बागमतीका निलम्बित प्रमुख थापाविरुद्ध ३० करोड भ्रष्टाचारको आरोपमा अर्को मुद्दा

काठमाण्डु – सर्लाहीको बागमती नगरपालिकाका निलम्बित प्रमुख भरतकुमार थापाविरुद्ध भरत ताल निर्माणमा अनियमितता गरेको भन्दै मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । थापाले सर्लाहीको बागमती नगरपालिका वडा नं ४ र १२ मा रहेको भरत ताल निर्माण गर्दा ३० करोड २९ लाख रुपैयाँ अनियमितता गरेको अख्तियारले मुद्दामा दाबी गरेको छ ।…