गम्भीर मानवअधिकार उल्लंघनका घटनामा मेलमिलाप हुँदैन, अदालतले फैसला गर्छ : महेश बर्ताैला

काठमाण्डु – नेकपा एमालेका मुख्य सचेतक महेश बर्ताैलाले सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा मेलमिलाप नहुने स्पष्ट पारेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथि छलफल गर्दै उनले गम्भीर मानवअधिकार उल्लंघनका घटनालाई कारवाहीको विषय बनाइने बताए । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने गरी यसपालि आएको टीआरसी विधेयकले पीडितलाई कहीँकतै अन्देखा नगरेको उनले बताए ।…