काठमाण्डु – नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीहरूलाई तत्काल मन्त्रालयबाट बिदा हुन निर्देशन दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धन बनाएपछि अन्योलमा रहेको एकीकृत समाजवादीले नयाँ मन्त्रीहरूको शपथअघि नै मन्त्रालयबाट बिदा हुन निर्देशन दिएको छ । सचिवालय बैठकपछि उपमहासचिव गंगालाल तुलाधरले पार्टीका मन्त्रीहरूलाई तत्कालै फिर्ता हुन निर्देशन दिइएको जानकारी दिए । पुरानो गठबन्धनअनुसार…