स्थानीय तह उपनिर्वाचनको मतगणना विवरण वेबसाइटमा हेर्न सकिने

काठमाण्डु – स्थानीय तह उपनिर्वाचनको मतगणनाको अद्यावधिक परिणाम निर्वाचन आयोगको वेबसाइटमार्फत हेर्न सकिने भएको छ । मतगणनाको परिणाम समय–समयमा आयोगको वेबसाइट www.result.election.gov.np मा अद्यावधिक गरिने आयोगका प्रवक्ता सहसचिव नीता पोखरेल अर्यालले बताइन् । मतगणना परिणामबारे निर्वाचनका सबै सरोकारवालाहरूको सहज पहुँच तथा जानकारीका लागि आयोगको वेबसाइटबाट हेर्न सकिने गरी व्यवस्था मिलाइएको आयोगले जनाएको छ । उपनिर्वाचन…