काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन्। सभापति देउवाले मंगलबार बस्ने गरी कार्यसम्पादन समिति बैठक बोलाएका हुन्। सोमबार बिहान कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बसेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएपछि देउवा पार्टीभित्र छलफलमा जुटेका छन् ।