काठमाण्डु- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेर सरकारले लज्जास्पद काम गरेको बताएका छन् । मंगलबार साँझ प्रहरीले सिरोहियालाई थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयमै पुगेर पक्राउ गरेपछि भट्टराईले सामाजिक सञ्जालमार्फत सरकारले लज्जास्पद काम गरेको टिप्पणी गरेका हुन् । ‘माओवादी जनयुद्धको वेला २०५८ जेठमा दरबार हत्याकाण्ड सम्बन्धी मेरो लेख छापेबापत् तत्कालीन…