आफैले शपथ बहिष्कार गरेको कृषि मन्त्रालयमा चित्त बुझाए विनोद शाहले

सुर्खेत – यसअघि आफैले शपथ बहिष्कार गरेको कृषि मन्त्रालयमा नेकपा एमालेका सांसद विनोदकुमार शाहले चित्त बुझाएका छन् । उक्त मन्त्रालयमा शाहले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई मुख्यमन्त्री यामलाल कँडेलले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन्। गत वैशाख १८ गते कर्णाली प्रदेशको मन्त्रिपरिषदलाई पूर्णता दिँदा पनि मुख्यमन्त्रीले उनलाई सोही…