नीति तथा कार्यक्रममाथि संसद्‌मा ६ दिन छलफल हुने

काठमाण्डु- प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि ६ दिन छलफल हुने भएकाे छ । मंगलबार सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम संसदले जेठ ९ गते पारित गर्ने सम्भावित कार्यसूची तय गरेको हाे । प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर अनुसार जेठ ३ गतेबाट सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुनेछ…