बंगलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्री राणासँग आग्रह : साथीहरूको सुरक्षा होस्

काठमाण्डु – बंगलादेशमा आन्दोलन चर्किएपछि स्वदेश फर्किएका नेपाली विद्यार्थीहरूले सोमबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भेट गरी त्यहाँको अवस्थाबारे जानकारी गराएका छन् । ढाकामा जारी आन्दोलनका कारण समस्यामा परेका नेपाली विद्यार्थी स्वदेश फर्किरहेका छन् । परराष्ट्र मन्त्रालयले आईतबारसम्म १ हजार २०० विद्यार्थी स्वदेश फर्किसकेका जनाएको छ । आईतबार नेपाल फर्किएका ढाकास्थित विभिन्न कलेजमा चिकित्साशास्त्र विषयमा…