लुम्बिनीमा एमालेका लिला गिरी मुख्यमन्त्री बन्दै

काठमाण्डु-लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले आइतबार राजीनामा दिएपछि आज एमालेका लुम्बिनी संसदीय दलका नेता लीला गिरी नयाँ मुख्यमन्त्री बन्न लागेका हुन् । गिरीलाई नियुक्तिको लागि कांग्रेस र एमालेले संयुक्त रूपमा दाबी पेस गर्ने तयारी रहेको छ । दुई दलबीच भएको सहमतिअनुसार एमालेको भागमा मुख्यमन्त्री परेसँगै गिरीलाई उम्मेदवार…