काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नवगठित जनता समाजवादी पार्टी (जसपा) सांसद प्रदीप यादवलाई नियुक्त गरेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि रिक्त रहेको पदमा जसपाका यादवलाई नियुक्त गरिएको हो । नवनियुक्त मन्त्री यादवले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । स्वास्थ्य राज्यमन्त्रीमा…