काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्। अफ्रिकी राष्ट्र युगान्डाको राजधानी काम्पालामा भएको असंलग्न आन्दोलन (नाम)को दुई दिने १९औँ शिखर सम्मेलनलमा सहभागी भएर उनी आइतबार बिहान स्वदेश फर्किएका हुन्। नामको सम्मेलन शुक्रबार र शनिबार भएको थियो। उक्त सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको बताएका…