चितवन – चितवनमा शनिबार सम्पन्न उपनिर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । चितवनको सार्वजनिक मतपरिणाम अनुसार तीनवटै वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई हराउँदै नेपाली काँग्रेस विजयी भएको छ । दुई पार्टी तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर बनेको सत्तारुढ दलले तीनवटै वडा जित्ने दावी गर्दै आएको थियो । तर, चुनावी नतिजाले नेकपाको दाबीलाई उल्टाइदिएको छ ।…