राष्ट्रिय सहमतिको प्रधानमन्त्री बन्न प्रचण्ड कांग्रेसतिर धाउन थालेपछि कुरा बिग्रियो : एमाले

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय सहमतिको प्रधानमन्त्री बन्न कांग्रेसतिर धाउन थालेपछि कुरा बिग्रिएको नेकपा एमालेले प्रस्ट पारेको छ । मंगलबार ललितपुरको च्यासलमा बसेको पार्टी सचिवालय बैठकपछि पत्रकारहरूसँगको सवाल–जवाफका क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले प्रचण्डकै कारण २०८० फागुन २१ गते बनेको सत्ता गठबन्धन चाँडै भत्किने अवस्थामा पुगेको बताए । उनले भने, ‘अहिलेको समीकरण र पुष्पकमल…