काठमाण्डु – महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या आरोपमा पक्राउ परेका मधेश प्रदेशसभा पूर्व सदस्य कौशलकुमार यादवलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि जेल चलान गरेको छ । मधेश आन्दोलनका क्रममा विक्रम संवत् २०७२ भदौ २५ गते विकको हत्या भएको घटनामा उनी जेल चलान भएका हुन् । घटनामा संलग्न भएको आरोपमा गत…