महामन्त्रीको प्रतिवेदनमाथि छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाण्डु-महामन्त्री डा.मुकुल ढकालले तयार गरेको पार्टीको वर्तमान अवस्था बारेको प्रतिवेदनबारे छलफल गर्न रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक असार १९ गते बुधबार बस्नेछ । इलाममा सम्पन्न उपनिर्वाचनमा पार्टीको नराम्रो हारसँगै रास्वपाले देश भरका नेता तथा कार्यकर्ताको धारणा बुझेर प्रतिवेदन बनाउन महामन्त्री ढकाललाई कार्यादेश दिएको थियो । ढकालले प्रतिवेदन बनाएर सभापति रवि लामिछानेलाई बुझाइसकेका…