काठमाण्डु – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले पदबाट राजीनामा दिएका छन् । सरकार अल्पमतमा परेपछि उनले राजीनामा दिएका छन् । सरकार जोगाउन प्रयास गरे पनि विश्वासको मत पाउने सम्भावना नरहेकाले उनले राजीनामा दिएका हुन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको किचलोका कारण मुख्यमन्त्री शाह राजीनामा गर्न बाध्य भएका छन् ।