पार्टी निर्देशनविपरीत विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रस्ताव राखेका छन् । पार्टी केन्द्रले सत्ता गठबन्धनको भागबण्डाअनुसार राजीनामा दिएर नेकपा एमालेलाई मुख्यमन्त्रीमा समर्थन गर्न निर्देशन दिए पनि मुख्यमन्त्री शर्माले विश्वासको मत लिने प्रक्रिया अगाडि बढाएका छन् । प्रदेशसभा बैठकमा ‘विश्वासको मत पाऊँ’ भन्ने प्रस्ताव पेश गर्दै उनले भने, ‘प्रदेश विकासका लागि…