काठमाण्डु – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने कार्यसूचीसहित तय भएको प्रदेशसभा बैठक स्थगित भएको छ । मुख्यमन्त्री शर्माको विश्वासको मत लिने कार्यसूची बुधबार सार्न आग्रह गरेपछि बैठक स्थगित भएको हो । विशेष कारणवश आज विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्न असमर्थ रहेकाले बैठक बुधवारका लागि सार्न मुख्यमन्त्री शर्माले पत्राचार गरेका छन् ।…