काठमाण्डु – सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउत न्यायपरिषद्को सदस्य नियुक्त भएका छन् । परिषद् सदस्य रहेका सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एक असारमा उमेरहदका कारण अनिवार्य अवकाश भएपछि राउत डा.भट्टराईको ठाँउमा नियुक्त भएका हुन् । राउतलाई परिषद् अध्यक्ष प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार (आज) परिषद् सदस्य नियुक्त गरेका हुन् । २०७३ साल साउनमा सर्वोच्चको…