बालकृष्ण खाँणले न्याय पाउनेमा आशावादी छु: सभापति देउवा

काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाँणले न्याय पाउनेमा आफू आशावादी रहेको बताएका छन्। मंगलवार रुपन्देहीको भैरहवामा नेपाली कांग्रेस रुपन्देही कार्यसमितिको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले खाँणले न्याय पाउनेमा आफू आशावादी रहेको बताए। भैरहवासमेत पर्ने रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका कांग्रेस नेता खाँणलाई फसाइएको आरोप कार्यकर्ताले लगाएका थिए।…