काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको उपचारका लागि अस्पताल गएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग निर्धारित छलफल स्थगित भएको छ । प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि कांग्रेस नेताहरूलाई बोलाएका थिए । स्थगित बैठक शनिबार बिहान साढे ८ बजे बालुवाटारमा बस्ने तय भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले…