जनतामा विकासको आशा जगाउन वर्तमान सरकार गठन भएको हो : प्रवक्ता गुरुङ

गण्डकी – सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक स्थायित्वसहित आर्थिक विकास र सुशासन कायम गर्न प्रमुख २ दलका बीचमा सहकार्य भएको बताएका छन् । नेकपा एमाले कास्कीद्वारा शनिबार पोखरामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘जनतामा विकासको आशा जगाउन वर्तमान सरकार गठन भएको हो । सरकारले मुलुकसामु देखापरेका समस्यालाई सम्बोधन…