परराष्ट्रमन्त्री साउदले फेरि दोहोर्‍याए – विपिन जोशीको रिहाइका लागि प्रयास भइरहेको छ

महेन्द्रनगर – परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन् । आज आईतबार महेन्द्रनगरमा सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १७औं वार्षिकोत्सवका अवसरमा मन्त्री साउदले सरकारले जोशीको रिहाइका लागि शाक्ति राष्ट्रहरूसँग निरन्तर पहल गरिरहेको बताए । ‘इजरायल सरकारसँग पनि विपिनको रिहाइका लागि पटक–पटक आग्रह गरेका छौं,’ उनले…