लुम्बिनीमा माओवादीका महरालाई मुख्यमन्त्री बनाउन ५ बुँदे सहमति

काठमाण्डु – लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दल नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने सत्तारुढ दलहरूबीच ५ बुँदे सहमति भएको छ । माओवादी, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्ग बस्नेतले महरालाई मुख्यमन्त्री बनाउने सहमति गरेका छन् । प्रदेश सरकारबाट हुने राजनीतिक नियुक्तिमा सरकारमा सहभागी सबै राजनीतिक दलहरूले अपनत्व…