काठमाण्डु - राष्ट्रियसभा अध्यक्ष निर्वाचनअन्तर्गत् आज उम्मेदवारी दर्ता हुँदैछ। संघीय संसद् सचिवालयले मंगलबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ। संसद सचिवालयले जारी गरेको निर्वाचन तालिका अनुसार आज बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ता र साढे १ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ । राष्ट्रियसभा अध्यक्ष पदका लागि नेपाली कांग्रेसले युवराज शर्मा र माओवादी केन्द्रले…