काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले टिकटक बन्द गर्ने कुरामा सहमति नरहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्षीय र विपक्षी सबै दलको सहमतिमा टिकटक बन्द गरिएको अभिव्यक्ति दिएपछि सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका छन् । टिकटक बन्द गर्ने सन्दर्भमा आफूसहित रास्वपाका कुनै पनि नेतासँग सहमति नभएको उनले जनाएका…