कांग्रेसले ह्विप जारी गर्दै भन्यो- अनिवार्य उपस्थित भएर बजेटको पक्षमा मतदान गर्नु

काठमाण्डु- नेपाली कांग्रेसले बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसदहरूलाई विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने दिन अनिवार्य उपस्थित हुन तथा पक्षमा मतदान गर्न  ह्विप जारी गरेका हुन् । बुधबार असार १३ गते बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा विधेयक निणयार्थ प्रस्तुत गर्ने तयारी गरिएको छ…