काठमाडाैँ—श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले दोलखामा निर्माण हुने तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको उत्पादन क्षमता नघट्ने बताएका छन्। आयोजनाको क्षमता घटाएर कम क्षमतामा उत्पादन गर्न लागेको भन्दै स्थानीयस्तरमा चर्को विरोध भइरहेका बेला मन्त्री विष्टकाे भनाइ सार्वजनिक भएकाे हाे। ६५० मेगावाट क्षमताको तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको क्षमता घटाएर २०० मेगावाट क्षमतामा निर्माण गर्न लागेको खबर…