काठमाण्डु - स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार मध्यरातमा सप्पन्न साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ । डाँगी संस्थाको विधानअनुसार स्वतः अध्यक्ष बनेका हुन् । निर्वाचन समितिको अन्तिम मतपरिणामअनुसार कोषाध्यक्षबाहेक कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत भएका छन्…