त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

काठमाण्डु-मुलुकको वर्तमान विषम परिस्थितिका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ। विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार सूचना जारी गर्दै निषेधाज्ञा, कर्फ्यू आदेश र उपत्यकाभित्रको अस्थिर अवस्थाका कारण विमान सञ्चालनमा गम्भीर समस्या देखिएको जनाएको हो। कार्यालयले विमानस्थल वरपर उडान तथा अवतरण मार्गमा फैलिएको बाक्लो धुँवाले सुरक्षा जोखिम बढाएकाले तत्काल विमान सञ्चालन असम्भव भएको स्पष्ट…