काठमाण्डु - नेपाली सेनाले अराजक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ। बुधबार बिहान १० बजेसम्मको अपडेटमा नेपाली सेनाले २७ जना पक्राउ गरेको जानकारी दिएको हो। पक्राउ पर्नेहरू विषम परिस्थितिको अनुचित फाइदा उठाइ लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उशृंखल गतिविधिमा संलग्न रहेको सेनाले जनाएको छ। त्यस्तै उनीहरूको साथबाट ३३ लाख…