परराष्ट्रमन्त्री राणा र भारतका वातावरणमन्त्रीबीच भेटवार्ता

काठमाण्डु- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी मन्त्री भुपेन्दर यादवबीच आज भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री डा राणा र सगरमाथा संवादका लागि नेपाल आएका भारतीय मन्त्री यादवबीच आज सो ‘साइडलाइन’ भेटवार्ता भएको हो । त्यस अवसरमा नेपाल भारत सम्बन्धका विविध आयामहरूका साथै आपसी, हित र सहयोग आदानप्रदानका विषयमा कुराकानी…