अब नायब सुब्बामा पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने

काठमाण्डु– ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ मा नायब सुब्बा (नासु) पदका १० प्रतिशत दरबन्दी खुला प्रतिस्पर्धाबाट भर्ना गर्ने सहमति जुटेको छ। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सोमबार बसेको बैठकले प्रतिनिधिसभाले पारित गरेको शतप्रतिशत बढुवाबाट पदपूर्ति गर्ने प्रावधान उल्टाउँदै नायब सुब्बा पदमा १० प्रतिशत दरबन्दी खुला प्रतिस्पर्धाका लागि…