सुनसरी – भायानेट कम्युनिकेसनले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सुनसरी जिल्लाको श्री देवकोटा आधारभूत विद्यालय, इनरुवामा विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री र जाडो महिनाको तयारीका लागि न्यानो कपडा वितरण गरेको छ। सहयोग कार्यक्रममार्फत विद्यालयका विद्यार्थीहरूलाई कापी, पेन्सिल, शार्पनर , इरेजर, ज्योमेट्री बक्स तथा न्यानो हुडी वितरण गरिएको भायनेटले जनाएको छ। विद्यालयका प्रधानाध्यापकले भायानेटको यस सहयोगले विद्यार्थीहरूको…