जसपा नेपालको कार्यकारिणी समिति बैठक थप १ दिन लम्बियो

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक थप १ दिनका लागि लम्बिएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसूची र एजेन्डामाथिको छलफल निर्धारित समयभित्र नटुंगिएकाले बैठक लम्बिएको छ । ललितपुरको बालकुमारीमा शनिबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठक सोमबार ११ बजे पुनः बस्ने गरी आईतबार साँझ छलफल स्थगित भएको अध्यक्ष यादवको…