गन्तव्यविहीन चलिरहेको सरकारको गन्तव्यहीन नीति तथा कार्यक्रम : पूर्वअर्थमन्त्री पुन

काठमाण्डु- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नीति तथा कार्यक्रम हेर्दा सरकार गन्तव्यविहीन जस्तो लागेको बताएका छन् । पूर्वअर्थमन्त्री समेत रहेका पुनले संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै परम्परागतबाट माथि उठ्न नसकेको बताएका हुन् । उनले भने, ‘यो नीति कार्यक्रम हेर्दा गन्तव्यविहीन जस्तो लाग्यो । अर्कोतिर निराश खालको लाग्यो । एउटा परम्परागत खालको लाग्यो ।…