राजा चार्ल्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाण्डु- संयुक्त अधिराज्यका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेले राजा चार्ल्स  तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बकिङ्घम राजप्रासादमा बिहीबार आयोजित विशेष समारोहमा राजदूत घिमिरेले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि भएको शिष्टाचार भेटमा राजाबाट विभिन्न समयमा भएका ऐतिहासिक नेपाल भ्रमणको स्मरण हुनाका साथै बेलायत सरकारले नेपालको विकासलाई प्राथमिकतामा…