कानुनमन्त्री गौतमको दाबी-छद्म उद्देश्यका लागि नभई द्रुत गतिमा काम गर्न अध्यादेश ल्याइएको हो

काठमाण्डु- कानुनमन्त्री सोविता गौतमले जनताको हितमा छिटो र प्रभावकारी रूपमा काम गर्न सरकारले अध्यादेश जारी गरेको दाबी गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा आइतबार एक भिडियो सन्देश सार्वजनिक गर्दै मन्त्री गौतमले केही क्षेत्रमा कानुनको अभाव र अस्पष्टताका कारण काममा अवरोध भइरहेकोले सामान्य प्रक्रियाबाट विधेयक पारित गर्दापनि द्रुत प्रक्रियामा तीनदेखि चार महिना लाग्ने भएकाले तत्काल समाधानका…