प्रधानमन्त्री बालेनलाई भेट्न नपाई फर्किए ट्रम्पका विशेष दूत गोर

काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एशियाका लागि विशेष दूत सर्जियो गोर प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई भेट्न नपाएरै फर्किएका छन् । भारतका लागि अमेरिकी राजदूत समेत रहेका गोरेले प्रधानमन्त्री बालेनसँग भेट्ने इच्छा राखे पनि भेट्न पाएनन् । प्रधानमन्त्री बालेनले स्वास्थ्यको कारण देखाउँदै भेट्न सम्भव नभएको जवाफ दिए पनि कूटनीतिक मर्यादा कायम राख्न…