काठमाण्डु – सरकारले संघीय संसद्को अधिवेशन १८ माघदेखि बोलाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच सोमबार भएको भेटमा संसद्को अधिवेशन १८ माघबाट बोलाउनेबारे कुराकानी भएको निकटस्थ स्रोतले जानकारी दियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी थिए । सोमबार (आज) बस्ने मन्त्रिपरिषद् बैठकले…