काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरूलाई हिन्दूत्वको पक्षमा जनदबाब सिर्जना गर्ने उद्देश्यका साथ धार्मिक पदयात्रा आयोजना गरेको बताएका छन् । सोमबार राप्रपाको नेपाल सनातन धर्म संस्कृति संगठनले आयोजना गरेको मैतीदेवीबाट पशुपतिनाथसम्मको धार्मिक पदयात्रापछि उनले नेपालमा हिन्दूराष्ट्र पुन:स्थापना गर्ने र त्यसका लागि नेपाली जनतामा हिन्दूत्वको भावनाको जागरण गराउने, यसको पक्षमा जनमत…